आजबाट बेलुकी ८ बजेबाट सवारीसाधन चलाउन नपाईने



काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ ।

काेराेना संक्रमणदर पुनः बढ्दै जान थालेपछि भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको गरिएकाे छ । निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनु भयो ।

तर निर्माण सामग्री ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन पाइनेछ । यसैगरी पसलहरु पनि साँझ ७ बजे नै बन्द गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्