प्राधिकरणका कर्मचारीले गरे कार्यकारी निर्देशक घिसिङको भव्य स्वागत



काठमाडौ।नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको हो। आज (मंगलबार) उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालय पगेर नियुक्ती पत्र बुझेका घिसिङले रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ।

उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका छन् ।

कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताउनुभएको छ । उहाँले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्