प्रतिनिधिसभा बैठक : तुईन प्रकरणको सत्यतथ्य सदनमा पेश गर्न सभामुख सापकोटाको रुलिङ




काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले यसबारे सरकार र सदनको ध्यानाकर्षण गराएपछि उनले आफ्नो पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिधिसभालाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्।

‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ। यसमा मेरो पनि ध्यानाकर्षण भएको छ। सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु,’ उनले भने।

यही साउन १५ गते नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि धामी बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्