महाधिवेशनबारे रणनीति बनाउन पौडेल पक्षीय ४५ जिल्ला सभापति काठमाडौंमा,ठमेलमा भेला सुरु

काठमाडौं।पार्टीको महाधिवेशन अन्योलमा परेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडल पक्षको अहिले भेला भइरहेको छ ।

आउँदो भदौमा कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेताहरुबीच मतभेद देखिएका बेला रणनीति बनाउन भन्दै पौडेल पक्षको जिल्ला सभापतिसहितको भेला भएको हो ।
काठमाडौंको ठमेलमा भइरहेको सो भेलामा ४७ जिल्लाका सभापतिहरु सहभागी भएका छन् । जसमध्ये ३५ जना सभापतिहरु भौतिक रुपमा सहभागी भएका छन् भने १२ जना भर्चुअलमार्फत सहभागी भएका छन् ।
सो बेलामा जिल्ला सभापतिहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । सोमबार दिनभर चल्ने सो भेलापछि पौडल पक्षको केन्द्रीय कमिटी बैठक पनि बस्ने जानकारी दिइएको छ ।

