नेपाली राष्ट्रिय टोलिका पूर्ब कप्तान पारस खड्काले क्रीकेट एकेडेमी खोल्ने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका हुन्। उनले केही महिनामै उक्त एकेडेमीको उद्घाटन गर्ने पनि जानकारी दिए।

मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। पत्रकार सम्मेलनमा पारसले घरेलु क्रिकेटमा अझै केही समय आफू रहने बताए। उनले नेपाली क्रिकेटमा आफ्नाे नयाँ करियर सुरु भएकाे बताए। ‘हिजाेसम्म प्यासनले ड्राइभ गरेकाे थियाे आजबाट करियर सुरु भयाे’ पारसले भने।

प्रतिक्रिया दिनुहोस्