नेपाल र नेपाली फुटबल टोलीप्रति सम्मान रहेको भन्दै प्रशिक्षक अब्दुल्लाहले मागे माफी



काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपालीसँग माफी माग्दै फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्।

गत महिना उनले दिएको अन्तर्वार्तामा सञ्चारकर्मी माथि भएको दुर्व्यवहार बारे उनले माफी मागेका हुन्। उनले आफूले बोलेका कतिपय कुराको अर्थको अनर्थ लागेको र आफ्नो नियत केवल नेपाली फुटबलको विकास रहेको भन्दै माफी मागेका हुन्।

उनले आफ्ना निकटका मित्र तथा फुटबल समर्थकसंगको कुराकानी पछी आफूले दिएको अन्तर्वार्ताले नेपाली जनता, प्रशिक्षक तथा पूर्व खेलाडीको भावनामा चोट पुगेको महसुस गरेको भन्दै सबैको सामु माफी मागेको जानकारी दिएका छन्।

त्यस्तै उनले कसैलाई पनि चोट पुर्याउने नियतका साथ कुनै पनि कार्य नगरेको भन्दै नेपाली प्रशिक्षक हुनुमा गर्व गरेको जानकारी दिएका छन्। उनले नेपाल र नेपाली फुटबल टोली प्रति सम्मान रहेको कुरा पनि सो स्ट्याटस मार्फत खुलाएका छन्।

प्रतिक्रिया दिनुहोस्