आजदेखी ललितपुरमा भेरोसेल खोप अभियान सुरु हुँदै



ललितपुर महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ । महानगरले २९ वटै वडामा ४५ वर्षभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गर्न लागेको हो ।

आज ललितपुरका विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ । महानगरको सूचना अनुसार खोप साउन १७ गतेसम्म खाेप अभियान सञ्चालन गरिनेछ । महानगरले साउन १८ गतेबाट जोनसन एन्ड जोनसन खोप अभियान पनि सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्