२७ औं कार्गो दिवसः नेपाल वायु सेवा निगमलाई बलियो बनाउनु पर्ने नेफाका पूर्व अध्यक्ष कार्कीको भनाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् नेपाल फ्रेट फरवार्डस एशोसिएसनका निवर्तमान अध्यक्ष प्रकाशसिंह कार्कीले नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।
२७ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस एशोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले बिहीबार सो कुरा बताउनु भएको हो । सरोकारवालाहरुको बेवास्ताका कारण धरासायी बनेको निगमलाई प्रतिस्पर्धी बनाउन सबै गम्भीर बन्नुपर्ने धारणा उहाँको थियो । सँगै स्थापना भएका एयरलाइन्सहरु सफलताको उच्च सिंढीमा पुगिसक्दा पनि निगमले आफूलाई स्वाबलम्बी बनाउन नसक्नुको कारण पहिचान गर्नु आवश्यक रहेको बताउँदै उहाँले निगमको स्थायित्व र विकासले नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
नेपालको आयात–निर्यात व्यापारलाई प्रवद्र्धन गर्न वायु सेवा निगमको योगदान बिर्सन नसकिने बताउँदै उहाँले यसलाई बलियो र भरपर्दो बनाउनका लागि निजी क्षेत्रको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि आफूहरु सदैव तयार रहेको कार्कीको भनाई थियो ।
कार्गो व्यवसायलाई अभिवृद्धि गर्नका लागि एशोसिएसन एयरलाईन्स र रेल सेवा प्रदायकहरुबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पार्दै उहाँले कोरोना महामारीले थिलथिलो भएको आयात–निर्यात क्षेत्रलाई चलायमान बनाउन तीनवटै क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । आयात–निर्यात व्यापारको मुख्य जिम्मेवारी बोकेको कार्गो व्यवसायमा परेको कोरोना प्रभाव न्यूनिकरणका लागि सरकार र सरोकारवालाहरुले बेवास्ता गरेको गुनासो गर्दै पीडामा रहेका व्यवसायीहरुलाई व्यवसाय सहजीकरणका लागि पुनर्कर्जा उपलब्ध गराउन उहाँले माग समेत गर्नुभयो ।
एसोसिएनका संस्थापक अध्यक्ष रविन्द्रमान सिंह प्रधानले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नु भएको सो कार्यक्रम वर्तमान अध्यक्ष मनोज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल वायु सेवा निगमका प्रवन्ध निर्देशक बिमप्रसाद पौडेलले निगमको वर्तमान अवस्था अत्यन्तै पीडादायी रहेको बताउँदै यसलाई बलियो र प्रतिस्पर्धी बनाउनका लागि व्यवस्थापनको तर्फबाट आवश्यक सुधारका कामहरु भइरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा व्यवसायको प्रवद्र्धन एवम् सहजीकरणमा सहयोग पु¥याउने कार्गो व्यवसायीमध्येबाट यस वर्ष इमेज एयर एण्ड फ्रेड प्रा.लि.का प्रवन्ध निर्देशक रुस्तमलाल श्रेष्ठ ल्भ्ँँब् ब्ल्ल्ग्ब्ी ब्ध्ब्च्म् द्दण्द्दज्ञ बाट सम्मानित हुनु भएको छ । २७ औं कार्गो दिवसकै अवसरमा नेपालबाट बढी कार्गो ढुवानी गर्ने तीनवटा एयरलाइन्सलाई समेत अवार्ड प्रदान गरिएको थियो । कार्गो ढुवानीमा प्रथम स्थान हासिल गर्न सफल कतार एयरवेज, दोस्रो नेपाल वायु सेवा निगम र तेस्रोमा रहेको क्याथवे प्यासिफिक कार्गोलाई कार्यक्रमका सभापति अधिकारी र नेफाका निवर्तमान अध्यक्ष कार्कीले अवार्ड वितरण गर्नु भएको थियो । यसैगरी कार्यक्रममा रेलवे सेवातर्फ आयात–निर्वातमा सहजीकरण गर्ने विभिन्न कम्पनीलाई सर्टिफिकेट अफ एप्रिसिएसनबाट सम्मानित गरिएको थियो ।
विक्रम गजुरेलद्वारा सञ्चालित सो कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


