जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने



काठमाण्डौं।अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले दुई वटा मन्त्रालय पाउने भएको छ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको बताईएको छ ।अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत रहेकाे स्रोतले जानकारी दियो । महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भने भइ नसकेको बालुवाटार निकट श्रोत ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्