मन्त्री छनौट गर्न माओवादी केन्द्र स्थायी समिति बैठक आज बस्ने



काठमाडौं।सत्तारुढ घटक नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय पेरिसडांडामा बस्ने स्थायी कमिटी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने ब्यक्तिहरुका बारेमा छलफल हुने एक नेताले बताए।

देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाएको छ।ती मध्य अर्थमा जनार्दन शर्मा र उर्जाको जिम्मेवारी लिएर पम्फा भुसाल यसअघि नै सरकारमा सहभागी छन।

आजको बैठकले सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषयको छिनोफानो गर्ने ती नेताको भनाइ छ।सरकारको नेतृत्व आफुले गर्न पाउनु पर्ने प्रबक्ता नारायणकाजी श्रेष्ठको माग छ।

प्रतिक्रिया दिनुहोस्