आज संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिबस मनाउंदै कांग्रेस



काठमाडौं । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस नेपाली कांग्रेसले आज देशभर विभिन्न कार्यक्रमका साथ मनाउंदै छ ।

राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे ।

राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी पहिलो निर्वाचित प्रधानमन्त्री भएका थिए।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्