बुधबार बस्ने गरी एमाले केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १० औँ बैठक बुधवार पुनः बस्ने भएको छ । मंगलवार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठक बुधवार पुनः बस्ने भएको हो । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक बुधवार दिउँसो ३ बजे बस्ने छ । आजको बैठकमा विभिन्न प्रदेशबाट रिपोर्ट सुन्ने काम भएको प्रवक्ता भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्