सर्बसाधारणको ढाड सेकिने गरि सार्बजनिक यातायातको भाडामा २८ प्रतिशतले वृद्धि



काठमाण्डौ। सर्बसाधारणको ढाड सेकिने गरि सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।

नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।
२०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएको विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्