ललिता निबास प्रकरण : १० लाख धरौटीमा गच्छदार रिहा



काठमाडौं।नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए ।

आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने, ‘अख्तियार अनुसन्धान आयोगको म माथिको अभियोग पत्र दुराग्रह, पुर्वाग्रहपूर्ण रुपले, प्रतिशोधपूर्ण अभियोग पत्र म माथि लगाइएको हो ।

तर विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले म न्याय माथि विश्वास गर्ने मान्छे । न्यायालयको न्यायप्रति विश्वास भएको मान्छे, रुल अफ ल को लागि म लडेको मान्छे, जनताको अधिकार, लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे । त्यसकारण विशेष अदालतमा मुद्दा दर्ता भएपछि म आज उपस्थित हुन आएको । विशेष अदालतले जे निर्णय आज गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहान्छु ।’

उपसभापति गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणाहरू सार्वजनिक गर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्