बालकोटमा ओलीको स्वागत, एमाले कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध नाराबाजी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । भारी वर्षाकाबीच एमाले निकट युवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारदेखि स्कटिङ्ग गर्दै ओलीलाई निजी निवास बालकोट पु¥याएका हुन् । ओलीको कौशलटारदेखि बालकोटसम्मै स्थानीयले भव्य स्वागत गरेका थिए ।
बालकोटस्थित निवास फर्किएका ओलीलाई स्कटिङ्ग गर्ने एमाले कार्यकर्ताहरुले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका थिए । एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै ¥यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्