बालुवाटारबाट बिदा हुँदै निबर्तमान प्रधानमन्त्री ओली ,बालकोटमा स्वागतको तयारी गरिंदै



काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लाने भएको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगैं निवर्तमान भएका ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बालकोट जान लाग्नुभएको हो । बालकोट ओलीको नीजि निवास हो ।

बिहान ११ बजे हजारौं बाइक र गाडीले स्कटिङ्ग गर्दै ओलीलाई बालकोट लाने युवा संघले जनाएको छ ।

सांसद महेश बस्नेतले बालुवाटारदेखि बालकोटसम्म गाडी र बाइकको लाइन हुने बताउनुभयो ।

कौशलटारदेखि बालकोटसम्म सडकको दायाँ बायाँ मानिसहरुले पुष्पगुच्छासहित ओलीलाई स्वागत गर्नेपनि बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्