देशब्यापी आन्दोलनको घोषणासहित युवा संघले ब्युँतायो युथ फोर्स



काठमाडौं । नेकपा एमाले निकटको युवा संघ नेपालले युथ फोर्स ब्युँताएको घोषणा गरेको छ।सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गर्दै ५०१ जनाको केन्द्रिय कमिटी रहने गरी युथफोर्स ब्यूँताउंइएको हो।जसको अध्यक्ष क्षितिज थेवे र उपाध्यक्षमा पुष्प श्रेष्ठ चयन भएका छन।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्युँतिएको घोषणा गरेका थिए ।युथ फोर्सले देशभर कम्तिमा ५० हजार युवालाई परिचालन गर्ने बताएको छ ।

युथ फोर्स गठन कार्यक्रममा सम्बोधन गर्दै एमाले सांसदसमेत रहेका नेता महेश बस्नेतले डलरको भरमा अदालतले फैसला गरेको आरोप लगाए ।

उनले ७ महिनामा पुनः एमाले सिंहदरबारमा प्रवेश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्