नियुक्ति विवाद : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा आ-आफ्नै अडानमा



काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्त भएको पत्र नसच्याउँदासम्म शपथ नलिने बताएका छन् । संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने सन्देश देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएका थिए ।

भण्डारीले पनि संविधानका धारा उल्लेख गरेर शपथ गराउन नसक्ने बताएकी छन् । सर्वोच्चले ७६९५० अनुसार देउवालाई शपथ गराउन परमादेश दिएको थियो ।

यही विवादका कारण ६ बजे हुने शपथ ग्रहण अहिलेसम्म हुन सकिरहेको छैन । देउवाले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेपछि कानुनविद्हरूसँग छलफल गरेका थिए । कानुनविद्हरूले संविधानको धारा उल्लेख गरेर मात्रै शपथ लिन सुझाएपछि त्यही अनुरुपको सन्देश राष्ट्रपतिसम्म पुर्‍याएका थिए ।

विवाद देखिएपछि समस्या समाधान गर्न सत्तारुढ दलका नेताहरू र राष्ट्रपति कार्यालयका कर्मचारीबीच छलफल भइरहेको त्यहाँ उपस्थित एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्