सर्बोच्चको फैसला मानेर अघि बढ्ने प्रधानमन्त्री ओलीको पुन: प्रतिबद्धता

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आएको सर्वोच्च अदालतको फैसला आफूहरुविरुद्ध भएको बताएका छन् । आफूहरुविरुद्ध भए पनि सर्वोच्चको फैसला आफूहरुले मानेर अगाडि बढ्ने उनले बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले वर्षौ लोकतन्त्रका लागि लडेको पनि सम्बोधनमा बारम्बार दोहोर्याएका छन् । उनले राष्ट्रिय एकता अहिले आवश्यक भएको भन्दै सबैले अनुशासित भएर अगाढि बढ्नु पर्ने र राष्ट्र एकताबद्ध गरेर अगाडि बढाउनु पर्ने पनि बताएका छन् । ‘लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्न सबैमा अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

