प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दैछन् । आज दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले लोकपथलाई जानकारी दिए ।

“आज दुई बजे प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।” उनले भने । ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएपछि आजका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक समेत प्रभावित परेको छ ।

आजनै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछन् । यो प्रधानमन्त्रीको रुपमा ओलीको अन्तिम सम्बोधन हुनेछ । सोमवारको सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा नियुक्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्