राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्य




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

संघीय संसद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।

राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो । राष्ट्रिय सभाको अधिवेशन असार १७ गते सुरु भएको थियो

प्रतिक्रिया दिनुहोस्