सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको एमालेको निष्कर्ष




काठमाडौ ।नेकपा एमालेले
सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी सर्बोच्चले आदेश जारी गरेपछि बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको हो। उसले लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सर्बोच्चको आदेश आएको आरोप पनि लगाएको छ ।

भोलि स्थायी कमिटीको बैठक बसेर यसबारे आधिकारिक धारणा बनाउने बताउंदै सो पार्टीले त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने प्रबक्ता प्रदीप ज्ञवालीले बताए ।

‘जतिसुकै त्रुटिपूर्ण भए पनि विधिको शासनको पालना गर्ने पार्टी भएकाले फैसलाको कार्यान्वयन गर्छौं, तर जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएका छौं,’ ज्ञवालीले भने ।
रहस्य साप्ताहिक
रहस्य कभलत त्यमबथ बत ठस्द्दद्द एः
ओलीको फोटो ।
रहस्य साप्ताहिक
रहस्य कभलत त्यमबथ बत ठस्द्दढ एः
भोलि नै सरकार गठन गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं ।विपक्षी पांच राजनीतिक दलको गठबन्धनले भोलि नै मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ।

नेकपा ९एमाले०का नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको हो।

पांच दलका नेताहरु सम्मिलित उक्त बैठकले सहमतिमै सरकार चलाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए। सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्