भोलि नै सरकार गठन गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं ।विपक्षी पांच राजनीतिक दलको गठबन्धनले भोलि नै मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ।

नेकपा ९एमाले०का नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको हो।
पांच दलका नेताहरु सम्मिलित उक्त बैठकले सहमतिमै सरकार चलाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए। सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।

