पूरा भएन दिपक मनाङेको माग, युबा तथा खेलकुद मन्त्रालयमा चित्त बुझाउंने



काठमाडाैं।गण्डकी सरकारको भौतिक पूर्बाधार मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका विनाविभागीय मन्त्री दिपक मनाङेले अब युबा तथा खेलकुद मन्त्रालयमै चित्त बुझाउने भएका छन् ।

सरकार बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका मनाङेसहित जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका दिइएको हो।मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार अर्थ मन्त्रालय पाउनुपर्ने आचार्यको अडान थियो।

जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए। खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्