माओवादी केन्द्र आफुले पाउनुपर्ने भन्दै पराजुलीले दिए निर्बाचन आयोगमा निवेदन

काठमाडौं । माओवादी केन्द्रको दर्ता खारेजीका लागि रामबहादुर थापासहितका पूर्ब माओवादी केन्द्रका नेताहरूले निर्बाचन आयोगमा आधिकारिकता दावी सहित अर्को निवेदन पनि निर्बाचन आयोगमा परेको छ।

आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई नै राजनीतिक दलको मान्यता दिन माग गर्दै भबिसोर पराजुलीले निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएका हुन्।
पार्टी एकताको प्रमुख घटकको सहमतिबिना नै पार्टी नीति, विधान, विधिविपरित तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरी नेकपा(एमाले) मा प्रवेश गरेकाले आधिकारिक रुपमा माओवादी केन्द्र आफ्नो नेतृत्वको रहेको पराजुलीले निवेदनमा उल्लेख गरेका छन्।
‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कारबाहीसमेत गरी २०७५ जेठ ३ गते एमाले पार्टीमा प्रवेश गरेका प्रचण्ड तथा बादललगायतलाई पार्टीबाट निष्काशन गरिएको हो। हामीले हाल नेतृत्व गरि विकास गरिरहेको पार्टी नै वैधानिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हो’ निवेदनमा भनिएको छ,‘यसमा कुनै विवाद र शंका नै छैन।’
एमाले पार्टीमा गएका प्रचण्ड बादललगायतका नेताहरूलाई माओवादी केन्द्रको नेता र नेतृत्व किमार्थ हुन नसक्ने भन्दै पराजुलीले कानुनी रुपमा फेरि पनि माओवादी केन्द्र प्रचण्डले दाबी र बादलले खारेजीको दाबी गर्न खोज्नु स्वत: गैरकानुनी कुरा भएको उल्लेख गरेका छन्।

