छोराछोरी सामुदायिक विद्यालयमा पढाउनेलाई १०%कर छुट दिने धुलिखेल नगरपालिकाको घोषणा



काठमाडौं । धुलिखेल नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अविभावकलाई करमा १० प्रतिशत छुट दिने विशेष महत्वको प्रस्ताव पारित गरेको छ। यस्तै एक वडामा एक डिजिटल विद्यालय बनाउने सम्बन्धि विशेष महत्वको प्रस्ताव पनि पारित गरेको छ।

विशेष महत्वका प्रस्ताव पारित गर्दै धुलिखेल नगरपालिकाको नवौँ नगर अधिवेशन सम्पन्न भएको छ। असार ७ गतेबाट सुरु भएको नगरसभा सम्पन्न भएको नगरपालिका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार नगरसभाले विभिन्न खालका प्रस्तावहरु पारित गरेको छ। विशेष महत्वका प्रस्तावसहित २४ वटा प्रस्तावहरु पारित गरेको उनले जानकारी दिए।

सभाले आन्तरिक कार्यप्रणाली ९ब्यवस्थापन र नियन्त्रण० विधेयक २०७८, सरसफाई तथा फोहरमैला व्यवस्थापन विधेयक २०७८ पास गरेको छ।

त्यसैगरि धुलिखेल नगरपालिकाको सार्वजनिक–निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन विधेयक २०७८ र सूचना तथा अभिलेख केन्द्र ९स्थापना र सञ्चालन० विधेयक २०७८ पनि नगरसभाले पारित गरेको नगरप्रमुख ब्याञ्जुले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्