१६ बर्षीय यूवतीलाई जबर्जस्ती करणी गरि फेसबुकमा भिडियो सार्बजनिक गर्ने भारतीय पक्राउ



पोखराकी १६ वर्षे किशोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार प्रदेशका स्थायी बासिन्दा इन्द्रजितकुमार शर्मा छन् ।पोखरा ९ स्थित शान्तिवन बस्दै आएका उनलाई कास्की प्रहरीले बिहीबर पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको अभियोग  छ ।

किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाएर अभियुक्तले किशोरीकै नक्कली फेसबुक आइडी बनाएर अपलोड गरेको जाहेरीपछि उनी पक्राउ परेका हुन्। पोखराको चाउथेबाट पक्राउ परेका शर्माविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्