पाशुपत क्षेत्रको राम मन्दिर पुननिर्माण २ बर्षमा सम्पन्न हुने



काठमाडौं, ६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भूकम्पबाट क्षतिग्रस्त पाशुपत क्षेत्रमा रहेको राम मन्दिरको शिलान्याश गरेका छन्।

आइतबार पशुपति विकास कोषको निरीक्षणमा गएका कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया कार्यकारी निर्देशक घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा पाशुपत क्षेत्रको निरिक्षणसमेत गरेका छन्।

निरीक्षण पछि पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरे। भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरू भएको छ । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको विकास कोषका सदस्यसचिव ढकालले जानकारी दिए।

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न कोषलाई निर्देशनसमेत दिए।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।

शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताए । कार्यक्रममा जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्