पुनः सभापति बन्न देउवाले सुरु गरे अभियान



काठमाडौं।भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चहलपहल सुरुभएको छ।वडादेखि केन्द्र सम्मको महाधिवेशनका लागि मिति तयभएको भोलिपल्टैबाट सभापति शेर बहादुर देउवाले पुन सभापति बन्नका लागि अभियान सुरु गरेका छन् ।

झण्डै आधा दर्जन आकांक्षी देखिएको कांग्रेसभित्र सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्य तथा नेताहरुसँग छलफलको क्रममा शनिबार पार्ट सभापतिमा आफू उम्मेदवार रहने बताएका हुन् । उनले आफ्नो नेतृत्वमा पार्टीलाई पहिलो बनाउनका लागि आफू दोहोरिने बताएका हुन् ।

देउवाले आगामी भदौ १६ देखि १९ गतेसम्मलाई तोकिएको पार्टीको महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । बुढानिलकण्ठमा नेताहरुलाई बोलाएर छलफल गरेका देउवाले आफू उम्मेदवार रहने जानकारी दिएका हुन् ।

संशोधित कार्यतालिका अनुसार नै महाधिवेशन हुने र त्यसमा आफू सभापतिमा दोहोरिने देउवाले नेताहरुलाई बताएका छन् । आफ्नो नेतृत्वमा पार्टीले लोकप्रिय मत ल्याएको भन्दै देउवाले आगामी निर्वाचनमा आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो बनाउने पनि बताएका छन् ।

आफ्नो नेतृत्वमा आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने देउवाले नेताहरुलाई बताएका छन् । उनले आफूले सरकारको नेतृत्व गरेर देशलाई कांग्रेसको बाटोमा लैजाने बताएका हुन् ।

देउवासँग छलफलका लागि सहमहामन्त्री सुनिल थापा, नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, डा. डिला संग्रौला, सुजाता परियार, सीता गुरुङ, बाबुराम बस्नेत लगायत बुढानिलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्