निबर्तमान सांसद राईको पहलमा सोलुखुम्बुलाई २० थान अक्सिजन कन्सन्टेटर



काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोलुखुम्बु जिल्लाका लागि १० लिटरको २० थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको छ।

कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि गैर आवासीय नेपाली संघ (NRNA)ले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीबाट निबर्तमान सांसद हेमकुमार राई ‘सूरबीर’ को पहलमा सोलुखुम्बुलाई अक्सिजन कन्सन्टेटर उपलब्ध गराईएको राईको सचिवालयले जनाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत जेठ २७ गतेको निर्णय अनुसार जिल्लालाई प्राप्त भएको सो स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य कार्यलयकाे समन्वयमा साेलुदुधकुण्ड नगरपालिकाले व्यवस्था गरेकाे सवारी साधन (ट्रक) मार्फत आज (शुक्रबार)नै जिल्ला पुग्ने जानकारी समेत निबर्तमान सांसद राईको सचिवालयले दिएको छ।

No description available.

सचिवालयले कोभिड -१९ काे दाेस्राेलहरले आक्रान्त भएकाे अबस्थामा याे महत्त्वपूर्ण सहयाेगले धेरै नै सहजता पुग्ने भन्दै पहल तथा समन्वयका लागि माननीय राई, गैर आवासीय नेपाली संघ(NRNA)/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य विभाग व्यवस्थापन महाशाखा र मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक भिमप्रसाद सापकाेटा लगायतलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्