महामारी र प्राकृतिक बिपत्ति न्यूनीकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ : पूर्बराजा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यति धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएकोमा चिन्ता व्यक्त गर्दै यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ।

बिहिवार एक वक्तव्य जारी गर्दै यस्तो बताएउनुभएको हो।

“मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ,” वहाँले वक्तव्यमा भन्नुभएको छ, “प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ । अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।”

प्रतिक्रिया दिनुहोस्