जसपा : कार्यकारिणी समितिबाट उपेन्द्रसहित १६ नेता निष्काशित



काठमाडौ ।जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका नेताहरुलई हटाएर कार्यकारिणी समिति विस्तार गरेका छन् । उनले यादव सहित उनको समूहका १६ जना नेताहरुलाई हटाएर समिति विस्तार गरेका हुन् ।

ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएको बताइएको छ।

समितिमा थप हुनेमा खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायत रहेका छन् ।

ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्