सिन्धुपाल्चोक अपडेट : इन्द्रावतीले बगाएर ६ जना बेपत्ता,१ जनाको शब प्राप्त



काठमाडौं।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदिले बगाएर ७ जना बेपत्ता भएको पुष्टी छ।अहिलेसम्म बेपत्ता ७ मध्ये १ जनाको शव प्राप्त भएको जनाइएको छ।बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए।

हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ। शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई उक्त स्थानमा पठाइएको जनाइएको छ।बाढीले हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीका कारण ५० औं व्यक्ति हराइरहेको स्वास्थ्यमन्त्री एवं संघीय सांसद शेरबहादुर तामाङले सामाजिक सञ्जालमा जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्