नेपाल बारको तर्फबाट एमिकस क्युरीमा बैध्य र मल्ल सिफारिस



काठमाडौं।प्रतिनिधिसभा विघटनको मुद्दामा नेपाल बारका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल बैध्य र उषा मल्ल पाठक एमिकस क्युरी (अदालतको सहयोगी) मा सिफारिस हुनुभएको छ ।

नेपाल बारको आज बसेको बैठकले दुई वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा पठाउने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई-दुई जना बरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा पठाउन माग गरेको थियो । आजै सर्वोच्च बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्