गण्डकी : मुख्यमन्त्री नेपालीसहित ५ मन्त्रीले लिए शपथ



काठमाडौं।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरूलाई कृष्णचन्द्र नेपालीसहित ५ जना मन्त्रीले सपथ लिएका छन् ।प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका

प्रतिक्रिया दिनुहोस्