सहमति बिना संक्रमितसंग सेवा शुल्क लिने अस्पतालको दर्ता खारेज गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी



काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका अस्पतालहरूमा संक्रमित वा उनीहरूका आफन्तको सहमतिविना सेवा शुल्क लिइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सरकारले निशुल्क उपचारका लागि संक्रमितलाई रिफर गरेका अस्पतालहरूले कुनैपनि शुल्क नलिई उपचार गर्नुपर्ने व्यवस्था गरेको छ । तर संक्रमितले सशुल्क उपचार गर्न चाहेमा संक्रमित स्वयम् या तीनका आफन्तको लिखित मञ्जुरीनामा लिएर मात्रै सेवा शुल्क लिन पाइने मन्त्रालयले उल्लेख गरेको छ ।

यदि लिखित मञ्जुरीनामा नलिई अतिरित्त कुनैपनि शुल्क लिएको पाइए त्यस्ता अस्पताललाई मन्त्रालयले शोधभर्नाबापतको रकम उपलब्ध नगराउने, निशुल्क उपचार गराउने अस्पतालको सूचीबाट हटाउने तथा अस्पतालको दर्ता खारेजीसम्मको कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्