भदौमै महाधिवेशन गर्ने कांग्रेस सभापति देउवाको प्रतिबद्धता



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन भदौमा हुने बताएका छन्।

एकातिर कोरोना महामारी र अर्कोतिर महाधिवेशन अगाडिको महत्वपूर्ण काम क्रियाशीलता वितरण प्रक्रिया नै नटुङ्गिएको अवस्थाबीच देउवाले महाधिवेशन भदौमा हुने बताएका हुन्।

बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु।’

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान भएको बताए। महाधिवेशन पार्टीको जीवन्तताका लागि महायन्त्र हो भन्ने राम्ररी बुझेको पनि देउवाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्