प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको छिनोफानो असार दोश्रो साता



काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको छिनोफानो असारको दोस्रो साता भित्र हुने भएको छ । बुधबारको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालयसहित विपक्षीहौर्लाई कारण देखाउ आदेश दिदै असार १० गतेसम्म रिटसँग समबन्धित सबै कानुन व्यवसायीहरुलाई लिखितरुपमा बहसनोट पठाउन आदेश दिएपछि यस मुद्दाको किनारा असारको दोस्रो साता भित्र नै लाग्ने भएको हो ।

इजलासले बहसको समयसीमा तोक्दै एमिकस क्यूरीको समेत माग गरेको छ ।

बुधबार जारी गरेको आदेशमा बहसको समय १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरि समय प्रदान गर्ने आदेश जारी गरेको हो ।

जसमा इजलासमा रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा बहस हुने छ भने सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुने आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै एक कानून व्यवसायीले बढीमा आधा घण्टामात्र बहस गर्नसक्ने समय निर्धारण गरिएको छ ।

त्यस्तै बुधबारको आदेशमा संवैधानिक इजलासको सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा पठाउन समेत आदेश जारी भएको छ ।

आजको आदेशमा राष्ट्रपति कार्यालयसहितका विपक्षीहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत ७ दिनभित्र लिखित जवाफ दिन कारण देखाउ आदेश जारी गरेको छ ।

साथै सर्वोच्चले एमिकस क्यूरीसहित पक्ष विपक्षका कानुन व्यवसायीहौर्लाई असार १० गतेसम्म लिखित बहस नोट पठाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्