फेरि थपियो उपत्यकामा निषेधाज्ञा,पहिलेको भन्दा केहि खुकुलो

काठमाडौं।काठमाडौं उपत्यकाभित्र ३१ जेठ सम्मलाई निषेधाज्ञा थप गरिएको छ। उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले थप ११ दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवारबाट सकिँदैछ।

यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिइएको छ।
खुकुलो पारिएका सेवा तथा क्षेत्र बिहानमात्र संचालनमा आउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए। गएको एकसातासम्म भने काठमाडौं उपत्यकाभित्र खाद्यान्न र डिपार्टमेन्टल स्टोरलाई समेत खोल्न रोक लगाइएको थियो। यसले सर्वसाधारण प्रताडित भएका थिए।
साथै, निर्माण क्षेत्रलाई पुन: गतिशील बनाउन रात्रिकालीन समयमा सामान ढुवानी गर्न दिने भएको छ। त्यस्तै निर्माण क्षेत्रमा संलग्न कामदारलाई कार्यक्षेत्रमै मापदण्ड पूरा गरेर बस्न र काम गराउन सकिने व्यवस्था गरिएको छ।

