कोरोनाबिरुद्दको आठ लाख डोज भेरोसेल खोप मंगलबार नेपाल आईपुग्ने



काठमाडौं।चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोपमध्ये आठ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रसँगै चिनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरेको अनुदानको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन जहाज आज चीन जान लागेको हो । खोप लिनका लागि जहाज सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट उड्ने भएको नेपाल वायु सेवा निगमले जनाएको छ ।

चीनबाट खोप लिएर मंगलबार दिउँसो दुई बजे नेपालका लागि वाइडबडी प्रस्थान गर्ने तालिका रहेको छ । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्