विद्युतीय सामाग्रीमा कर कटौती

काठमाडौं।सरकारले विद्युतीय गाडी आयातमा लगाइएको अन्तःशुल्क हटाएको छ । आउँदाे आर्थिक वर्षकाे बजेटमा विद्युतीय गाडीको अन्तःशुल्क हटाइएको छ ।

यस्तै भन्सार महसुल पनि घटाइएको छ । यस्तै स्वदेशमा विद्युत् खपत बढाउन इन्डक्सन चुल्हो, राइस कुकर, फ्रिज लगायतका सामानको भन्सार पनि व्यापक कटौती गरेको छ ।
सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ कराेड रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभएकाे हाे ।

