सरकारी अस्पतालमा पत्रकारहरूको नि:शुल्क उपचार गरिने



काठमाडौं।नेपाल पत्रकार महासंघको सदस्य रहेको तथा सूचना विभागबाट जारी भएका प्रेस परिचय पत्र भएका पत्रकारहरूको नि:शुल्क उपचार सरकारले गर्नेछ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

७ लाख रुपैयाँ सम्मको स्वास्थ्य दुर्घटना वीमाका लागि नेपाल सरकारले प्रिमियमको ५० प्रतिशत सरकारले अनुदानमा दिने उनले बताए। त्यसै गरी लोक कल्याणकारी विज्ञापनका लागि सरकारले दिने रकम मध्ये १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने उनले बताए। त्यस वाहेक निजी क्षेत्रबाट विज्ञापन स्वरूप आउने रकमको समेत १० प्रतिशत उक्त कोषमा राख्नु पर्ने तथा आगामी साउन १ गते देखि लागु गर्नु पर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्