धरान : अस्थायी प्रहरी चौकीमा हतियारधारीको आक्रमण, असई सहित ३ प्रहरी घाइते



इटहरी । खुकुरी र तरबार सहित आएको समूहले सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरेको छ।

दुई समूहको झडपपछि रिपोर्ट लेखाउन आएको समूहलाई पच्छ्यांउदै आएको हतियारधारी समूहले आक्रमण गर्दा चौकी इन्चार्ज असई सुमन दाहालसहित तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

६ ओटा मोटरसाइकलमा आएको हतियारधारी सो समूह लागु औषध प्रयोगकर्ता भएको बताइएको छ ।उनीहरूको खोजी भइ रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्