प्रतिनिधिसभा विघटनबिरुद्धको मुद्दामा आजबाट सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्धमा परेका रिटको सुनवाइ आजबाट हुने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्न र प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले आजबाट सुनुवाई थाल्ने भएको हो।
सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइका लागि आज पेशी तोकिएको छ।१९ वटै रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाको एकल इजलासमा हुने बताइएको छ।

नेपाली कांग्रेस, माओवादी, जसपा, जनमोर्चासहित विपक्षी दलसहित परेका रिटमा विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, वर्तमान मन्त्रिपरिषदलाई कामकाजमा रोक लगाउनुपर्ने, सांसद कारवाही रोक्न परमादेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्