सत्ता स्वार्थले लोकतन्त्र संकटमा परेको राणाको आरोप



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन् ।

जबराले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नु पर्नेमा उनले जोड दिएका छन् । सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ ।

“कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्यव्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,” बुधबार बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै जबराले भनेका छन्, “आफूलाई विधिभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ । टालटुल, ढाकछोप समाधान होइन । यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्