एकै परिवारका ३ सहित २१ जनाले आइतबार गरे सगरमाथाको सफल आरोहण



लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु ।आइ एम्जि ट्रेक एन्ड एक्पिडिसनका २७ जना सदस्यले आईतवार सगरमाथाको सफल आरोहण गरेको छन।

आरोहण गर्नेमा ८ जना विदेशी र १९ जना खुम्बु पासाङल्हामू गाउँपालिका शेर्पा छन । १९ जना मध्ये २ जना महिला आरोही छन। पालिकाको वडा नं- ४ फोर्चे निबासी २१ बर्षीय ङिमाडोमा शेर्पा र पासाङकान्छी शेर्पाले पनि सानो उमेरमै सगरमाथाको सफल आरोहण गरेको एम्जि ट्रेक एन्ड एक्पिडिसन कम्पनीका लिडर फुनुरु शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार पासाङकान्छी शेर्पाका बुबा तेन्जिङ दोर्जी र दाइ सोनामटासी शेर्पाले पनि एकैपटक सफल आरोहण गरेको छन।

आरोही महिला ङिमाडोमा शेर्पा र पासाङडोमा शेर्पालाई आइ एम्जि ट्रेक एन्ड एक्पिडिसन कम्पनीका लिडर फुनुरुले नै आरोहण सम्बन्धि तालिम दिएका थिए। शेर्पाले आफ्नै कार्यकालमा आइ एम्जि ट्रेक एन्ड एक्पिडिसन कम्पनीले १० जना महिलालाई निशुल्क अन्तर्राष्ट्रिय गाइड बनाउने आफ्नो योजना रहेको बताए

ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा वैशाख २९ यता आरोहण हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्