खनाल-नेपाल सहितका ११ नेता एमालेबाट निष्काशित,पाण्डेसहित १२ नेतालाई सोधियो स्पष्टीकरण

काठमाडौँ।पटक पटकपटक पार्टी निर्णय बिपरित विपक्षीहरुसंग गठबन्धन गर्ने ११ नेतालाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेको छ।

पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले उनीहरूलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो।बैंठकले थप १२ जनालाई २४ घण्टे अल्टिमेटम सहित स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।
खासगरी सर्वोच्च अदालतबाट ब्यूँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित गर्न र विपक्षीसंग गठबंधन गरेर पार्टी नेतृत्वको सरकार बिरुद्ध कृयाशिल हुँदै आएका झलनाथ खनाल- माधव नेपाल नेपालसहितका ११ जनालाई एमालेले पार्टीबाट निष्काशित गरेको हो।
शनिबार बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सोधेको स्पष्टीकरण नदिएपछि उनीहरूलाई कारबाही गरिएको एमालेले जनाएको छ।निष्काशित हुनेहरुमा नेपाल, खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्का छन् ।
बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

