थुलुङ दुधकोशी : कालिकादेवी माबिमा लागि १ लाखको अक्षयकोष स्थापना



सोलुखुम्बु । कालिकादेवी माध्यमिक विद्यालयबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट GPA ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्नका लागि अक्षयकोष स्थापना गरिएको छ।

थुलुङ दुधकोशी-३पञ्चनका पूर्व विद्यार्थी रहेका शिक्षाप्रेमी तथा समाजसेवी जेविपी कोइरालाले १ लाख रुपैयाँ मूलधन रहने गरि अक्षयकोष स्थापना गरेको विद्यालयका सहायक प्रधान्याध्यापक बिष्णु ढुंगेलले जानकारी दिए।

आफ्नो शुभविवाहको अवसर पारेर कोइरालाले आफू र पत्नी दिपिका रेग्मीको संयुक्त नाममा स्थापना गरेको सो कोषको ब्याज बापतको रकम वार्षिक रूपमा २ जनालाई छात्रवृत्ति स्वरुप उपलब्ध गराइने छ। विद्यालयबाट उत्कृष्ट जीपीए ल्याउने एक छात्र र एक छात्रालाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिने ढुंगेलले बताए।

प्रतिक्रिया दिनुहोस्