एमाले मुख्य सचेतक भट्टराई र सचेतक चौधरीले गरे गाडी फिर्ता



काठमाडौं।एमाले मुख्य सचेतकको जिम्मेवारीबाट बिदा भएका विशाल भट्टराईले आफूले पदीय हैसियतमा प्राप्त गरेका गाडी संसद् सचिवालयलाई जिम्मा लगाएका छन्। उनले आइतबार सेवा सुविधा फिर्ता गरेका हुन्।

भट्टराइले भनेका छन्, ‘महत्त्वपूर्ण समयमा, महत्त्वपूर्ण पार्टीको, महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने हाम्रो पार्टीका संसदीय दलका नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति असीम आभार व्यक्त गर्दछु हमेसा मलाई माया गर्ने खोटाङे जनताप्रति सधै कृतज्ञ छु।’ सचेतक शान्ता चौधरीले पनि गाडी फिर्ता गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्