ओलीलाई धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्बोच्चमा रिट निवेदन पेश



काठमाडौं।संविधानको धारा ७६ (५) बमोजिम केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त हुने स्पष्ट आधार पेश गर्दा पनि नियुक्त नगरिएको भन्दै अधिवक्ता कृष्ण भण्डारीले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ गरी १ सय ५३ सांसदको समर्थन आफ्नो पक्षमा रहने भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

यद्यपि रिट दर्ता भने भइसकेको छैन । अर्कातर्फ प्रतिनिधि सभा विघटनका निर्णयविरुद्ध २५ वटा रिट परेका छन् ।विपक्षी दलहरूको गठबन्धनले दायर गर्ने रिट भने सोमवारका लागि सरेको छ ।

आइतवार सांसदहरूको हस्ताक्षर संकलन गरिए पनि अन्य तयारी नपुगेको भन्दै सोमवार मात्र रिट दर्ता गरिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्